धनगढीमा बुधबारबाट कराते प्रतियोगिता


धनगढीमा आयोजना हुने ८ औँ अन्तर्रािष्ट्रय कराँते प्रतियोगिताले नेपालको कराते विकासमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ । बुधबार सुरु हुने प्रतियोगितका खेलहरु केही समयमा नै सुरु हुदै छन् भने कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का सांसद नारदमुनि रानाले दिउँसो ३ बजे गर्ने कार्यक्रम तय गरिएको छ ।
आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन नेपालसहित ६ देशका करिब साढे चार सय खेलाडी धनगढी पुगिसकेका छन्। नेपालका २ सय ४३, भारतका १ सय ८०, श्रीलङ्काका १९, भुटानका ७, पाकिस्तानका ५ तथा बङ्गलादेशका ९ गरी ४ सय ६३ खेलाडी प्रतियोगिता खेल्नका लागि धनगढीमा रहेको जनाइएको छ । नेपालबाट सहभागि टोली मध्य यस पटकको आकर्षण मानीएको एपीएफ टोली पनि आइसकेको जनाइएको छ ।
प्रतियोगितामा ४२ स्वर्ण, ४२ रजत र ८४ कास्य पदकका लागि खेलाडी प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको कुमुते विधातर्फ प्रथम पुरस्कार ५१ हजार, द्वितीय पुरस्कार ३१ हजार र तृतीय पुररस्कार २१ हजार रुपैयाँ राखिएको छ । आठ बर्ष अघि सुरु भएको यो महोत्सबले हरेक सस्मरणमा अझ माथिल्लो उचाइ थप्दै आएको मत धनगढीका धेरै खेलकर्मीको छ ।

Comment