धनगढीमा अन्तर्रािष्ट्रय कराँते प्रतियोगिता सुरु
धनगढीमा ८ औँ अन्तर्रािष्ट्रय कराँते प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको बिहिबार प्रमुख अतिथी प्रतिनिधी सभा सदस्य नारद मुनी राना र नेपाल गोजुरियो कराते डो संघ युजेनकाइका अध्यक्ष गणेश कार्कीले उद्घाटन गरे । उद्घाटन समारोहमा नेपालका कराते महासंघका महासचिव केदार बाबु सिबाकोटी, विभिन्न राजनितीक दलका प्रतिनिधी, सुरक्षानिकायका अधीकृत र खेलकर्मीहरुको उपश्थिती थियो । सुदुर पश्चिमाञ्चल गोजुरियो कराते डो संघ युजेनकाइको आयोजनामा सञ्चालीत प्रतियोगितामा नेपाल, भारत, श्रीलङ्काका, भुटान, पाकिस्तान र बङ्गलादेशका गरी करिब ५ सय खेलाडीको सहभागिता रहेको छ ।
धनगढी रंगशालाको कभर्डहलमा हुने दुइ दिने प्रतियोगितामा ४२ स्पर्धा समाबेश गरिएको छ । पहिलो दिन नेपाली करातेको विकासमा योगदान गर्ने ब्यक्तित्वलाई सम्मान गरियो । स्वर्ण, ४२ रजत र ८४ कास्य पदकका लागि खेलाडी प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको कुमुतो विधातर्फ प्रथम पुरस्कार ५१ हजार, द्वितीय पुरस्कार ३१ हजार र तृतीय पुरस्कार २१ हजार रुपैयाँ राखिएको छ ।