मलेसियामा अवार्ड कार्यक्रम


नेपाली प्रबासी सीतेरियो कराते संघले बर्षको अन्त्यमा स्पोर्ट्स हवार्ड २०१७ को आयोजना गरेको छ । मलेसियाको क्वालम्पुरपश्थित होटल ग्रेन्डकन्टीनेन्टलमा नेपालका कार्यबाहक राजदुत कुमार राज खरेलको प्रमुख आतिथ्यतमा कार्यक्रम भएको हो । संघका अध्यक्ष योगेन्द्र कोइरालाको सभापतीत्वमा भएको कार्यक्रममा टेक बहादुर,चोाकान्त पगेनी, रामचन्द्र गीरी, राजकुमार तामाङ, रिक्त राज तामाङ,शिब थापा र फूर्वा तामाङ बिशेष अतिथी थिए । अन्तराष्टिय कराते खेलमा पदक पाउने राम तामाङ, नोर्बु तामाङ, राम आङदम्बे,भिम बहादुर महर र सन्तोष रिजाललाई अवार्ड प्रदान गरियो । बर्ष भरी १ रजत र चार काश्य पदक पाउने खेलाडी तुलाराम धामी उत्कृष्ट खेलाडी चयन भए । सबैभन्दम धेरै अन्तराष्ट्रिय खेल खेलाउने रेफ्रि लक्ष्मी क्षेत्रीलाई पनि अवार्ड प्रदान गरियो । पत्रकार धनस्याम चौधरी पनि सम्मानीत भए ।
सामाजीक हितमा काम गरे वापत पिएनसीसीका संयोजक रामचन्द्र नेपाल,एनआरएनए मलेसियाका महासचिव लाल हाुर आलेलाई पनि अवार्ड प्रदान गरियो ।
साथै लामो समय देखि गायन क्षेत्रमा लागेकी रोजी श्रेष्ठ र आधुनीक गायक कोषराज तामाङलाई अवार्ड प्रदान गरियो । मलेसिया खेलकुदका लागि सक्रिय हिमालयन फुटबल क्लबका अध्यक्ष सन्तोष कार्कीलाई सम्मान गरियो । साथै हास्यक कलाकार अवार्ड अमिर अधीकारीलाई प्रदान गरियो । कार्यक्रमको प्रयोजकमा हिमालयन फुटबल क्लब, मण्डला रेस्टुरेन्ट, उग्रतारा रेस्टुरेन्ट,एभरेस्ट किचेन, पगेनी हुमन रिसोर्ट,नेफ्टा ग्लोबल,हिमलायन एयरलाइन्स,लांगाली मुबायल पसल,थापा इन्टरनेनसल , एसबी एन्ड बिएचडी र परदेशी रेस्टुरेन्ट थिए । मिडिया पार्टनरमा मुगलान एप र नया अनलाइन डटकम थिए ।

Comment