अन्तर्राष्ट्रिय कराते आइतबारदेखि
Manoj Shiama
26 January, 2018 8:39 pm
अखिल नेपाल खेलकुद महासंघको आयोजनामा प्रथम अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगिता आइतबारदेखि हुने भएको छ । प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, भुटान, पाकिस्तान र श्रीलंकाबाट अनुमानित ५ सय खेलाडीको सहभागिता रहने बताइएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुने तीनदिने प्रतियोगितामा ७० स्पर्धा समावेश छन् ।