भलीबलमा रमाए युएइमा रहेका नेपाली

Manoj Shiama
28 January, 2018 10:10 am


नेपाल भलिबल क्लब युएइको आयोजनामा दोस्रो हामी नेपाली एनभीए कप २०१८ दुबईस्थित बलिदियाको अलकुज खेल मैदानमा सम्पन्न भयो । हामी नेपाली एसोसीएसनको मुख्य प्रायोजनमा भएको सो प्रतियोगितामा फीस्टेल ट्राभल एन्ट टुर,काठमाडौं रेस्टुरेन्ट, ट्रान्सफास्ट वल्र्डवाइड मनी ट्रान्सफर र फोर्सी ग्रुप सह प्रायोजक रहेका थिए ।
सनएन्ड मुन ट्राभलका सञ्चालक एबं एनभीएका बरिष्ठ सल्लाहकार लोकेन्द्र बहादुर बमले प्रतियोगिता सञ्चालन गर्न विशेष सहयोग गरेका थिए । नेपाल भलिबल क्लबका अध्यक्ष इश्वर घमालको सभापतित्व तथा हामी नेपाली सस्थाका उपाध्यक्ष सन्जय पान्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा क्लबका बरिस्ठ सल्लाहकार लोकेन्द्र बहादुर बम, फीस्टेल ट्राभल एन्ट टुरका सञ्चालक सुर्य गीरी, काठमाडौं रेस्टुरेन्टका सञ्चालक भिम नारायण श्रेष्ठ, ट्रान्सफास्ट वल्र्डवाइड मनी ट्रान्सफरका सन्चालक बद्रि कटुवालको पनि उपश्थिती थियो ।
प्रतियोगितामा उपाधि हात पार्ने टिम नेपाल स्पोर्ट्स क्लब जबलालीले ३५सय दिराम सहित च्याम्पियन्स सिल्ड हात पारेको छ । उपविजयी मोना युएइले २ हजार दिराम पाए । यो पुरस्कार राशी युएईस्थित नेपालीहरुको प्रतियोगितामध्य बढी भएको जनाइन्छ । प्रतियोगितामा नेपाल स्पोर्ट्स क्लब जवलालिका गणेश केसी उत्कृष्ट खेलाडी घोषित भए ।
प्रतियोगिताको समापन समारोहमा नेपाल भलिबल क्लवका अध्यक्ष तथा भुपु राष्ट्रिय भलिवल खेलाडी ईश्वर घमालले प्रतियोगिता सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पुर्ण प्रायोजक तथा व्यक्तिहरुलाई एनभिसी परिवारको तर्फबाट धन्यवाद दिए । यसै प्रतियागिताका खेल संयोजक पूर्व राष्ट्रिय भलिबल प्रेम बहादुर भण्डारी थिए ।