एचएचसीए, भ्याली पब्लिक र पुष्पसदनलाई उपाधि
Manoj Shiama
19 February, 2018 6:53 am

सिनियर गल्र्समा भ्याली पब्लिकले आयोजक इनोभेटिभलाई १९–१७ को साँघुरो अन्तरले हरायो । भ्याली पब्लिककी सुजु गुरुङले १६ अंक जोडिन् ।जुनियर ब्वाइजको उपाधि भिडन्तमा पुष्पसदनले रेडिअन्टमाथि ३०–२१ को जित दर्ता ग¥यो । पुष्पसदनका लागि रोजिन महर्जनले १३ स्कोर गरे ।
सिनियर ब्वाइजमा एचएचसीएका तेन्जिङ राई, सिनियर गल्र्समा भ्याली पब्लिककी दृष्टि श्रेष्ठ तथा जुनियर ब्वाइजमा पुष्पसदनका रोजिन महर्जन ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । सिनियर ब्वाइजमा एआईए, सिनियर गल्र्समा श्रीदिवा र जुनियर ब्वाइजमा एभरेष्टले अनुशासित टिमको उपाधि हात पारे । विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, इनोभेटिभका प्रबन्ध निर्देशक अनन्त कुँवर, एकेडेमिक डाइरेक्टर हर्कबहादुर थापा र प्रिन्सिपल पीयूशकुमार रोयले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
सो अवसरमा भारतमा भएको यु–१६ गल्र्स फिबा एसिया बास्केटबल च्याम्पियनसिपमा सहभागी ममता गुरुङ तथा नेपालमा भएको यु–१६ ब्वाइज साबा बास्केटबल च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका निखिल डंगोल, आशिष बस्नेत र अभिषेक सिंहलाई सम्मान गरिएको थियो । फिफा रेफ्री कविन व्यञ्जन्कार पनि त्यसै अवसरमा सम्मानित भए ।
ममता र निखिल इनोभेटिभमै अध्ययनरत छन् भने आशिष, अभिषेक र कविन इनोभेटिभकै पूर्व विद्यार्थी हुन् । माघ २६ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा १६, सिनियर गल्र्समा ८ र जुनियर ब्वाइजमा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।