जुडो टोली बंगलादेश जाने
Manoj Shiama
24 February, 2018 7:38 am
बीकेएसपी कप जुडो प्रतियोगितामा सहभागी हुन ११ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली शनिबार बंगलादेश प्रस्थान गर्ने भएको छ ।
फेब्रुअरी २६ देखि २८ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ५० केजीमुनि सुबोध मण्डल, ५५ केजीमुनि उत्तम प्रधान श्रेष्ठ, ६० केजीमुनि रोशनबहादुर दोङ, ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ तथा ७३ केजीमुनि सुमन श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् ।महिला ४४ केजीमुनि सोनिया भट्ट, ४८ केजीमुनि निर्मला कुँवर र सारदाकुमारी खत्री, ५२ केजीमुनि अन्जु पाण्डे, ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधान र ६३ केजीमुनि निर्मला घर्ती मगरले खेल्नेछन् । प्रशिक्षकमा कविराम घर्ती मगर र लीला अधिकारी, व्यवस्थापकमा ईश्वर रेग्मी तथा निर्णायकमा आईजेएफ कन्टिनेन्टर रेफ्री ऋषिराम डंगोल रहेका छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, कोषाध्यक्ष सैलेश कर्माचार्य, सदस्य शान्ति सिंह, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य, महासचिव धर्मकुमार श्रेष्ठलगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।