नव बिहानी तेक्वान्दो हुने

नव बिहानी तेक्वान्दो डोजाङको आयोजनामा प्रथम नव विहानी उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिता बैशाख १४ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा विभिन्न ३० डोजाङका ४ सय ८० खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक विमलकुमार आछामीले जनाएका छन् । पुम्सेसहित पुरुषमा १० र महिलामा ६ गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिता सञ्चालन गर्न करिब ८ लाख ३२ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । दुईदिने प्रतियोगिताका खेलहरु इमाडोलको नयाँ बस्तीस्थित आयोजक डोजाङमै हुनेछ ।

Comment