इवाचौरलाई उपाधि

Manoj Shiama
1 April, 2018 11:09 pm
इवाचौर सामुदायिक क्लबले प्रथम जिल्लाव्यापी खुल्ला मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ ।
मेलम्चीमा भएको फाइनलमा इवाचौरले आयोजक मेलम्ची नगर युवा क्लबलाई २५–१७, २४–२६, २५–१३ र २६–२४ को सोझो सेटमा पराजित ग¥यो । उपाधिसंगै इवाचौरले १ लाख नगद पुरस्कार पायो भने मेलम्ची नगर युवा क्लबले ७५ हजार नगद पुरस्कार प्राप्त ग¥यो ।
मेलम्ची नगरपालिका ८ ले मेलम्ची नगरपालिका १ लाई २६–२८, २५–१९, २१–२५, २५–२१ र १५–११ ले हराएर तेश्रो हुँदै ५० हजार नगद पुरस्कार हात पा¥यो ।
मनोज लामा उत्कृष्ट खेलाडी तथा लोकश तामाङ उत्कृष्ट स्पाइकर चुनिए । उपाधि विजेता टोली इवाचौरका दुवैले जनही १० हजार नगद पुरस्कार हासिल गरे । चारदिने प्रतियोगितामा १३ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको आयोजक क्लबका अध्यक्ष सानुबाबु गिरीले जनाएका छन् ।प्रतियोगिताले सीन्धुपालचोकमा भलीबल खेलको विकास गर्नका लागि महत्वपूर्ण आयाम थप्ने बिश्वास रहेको संयोजक गीरीले बताए ।