आठौंको मिति तय

Manoj Shiama
12 April, 2018 6:13 am
 
आठौं राष्ट्रिय खेलकुदको मिति तय भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को अध्यक्षतामा बुधबार सातदोबाटोमा बसेको १०९ औं बोर्ड बैठकले आठौं राष्ट्रिय खेलकुद मंसिर २१ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जनाएका छन् । यसअघि आठौं राष्ट्रिय खेलकुद मंसिरमा गर्ने निर्णय भएपनि मिति भने तोकिएको थिएन ।