पौडी मुख्य प्रशिक्षकमा कार्की

Manoj Shiama
22 May, 2018 5:59 am

पौडीको मुख्य प्रशिक्षकमा शंकर कार्की नियुक्त भएका छन् । रिक्त रहेको पदमा कार्कीलाई २०७५÷०२÷०२ को सदस्य सचिव स्तरिय निर्णयानुसार सोहि मिति देखि लागु हुने गरि मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ।
पूर्व मुख्य प्रशिक्षक वाङ्गदेन लामाले विशेष कारण देखाई आफ्नो पदबाट दिएको राजिनामा पश्चात मुख्य प्रशिक्षकको पद रिक्त रहेको थियो ।
काठमाण्डौ जिल्ला खेलकुद बिकास समितिमा कार्यरत पौडी प्रशिक्षक कार्कीलाई समान पद, श्रेणी तथा सेवा कायम रहने गरि मुख्य पौडी प्रशिक्षकमा नियुक्त गरिएको तालिम तथा प्रशिक्षण विभाग, प्राविधिक प्रशासनका उप–निर्देशक विमल कुमार पोखरेलद्वारा हस्ताक्षरित पत्रमा जनाईएको छ ।
मुख्य प्रशिक्षक कार्कीले सन् २००२÷३ मा भारतको पटियालाबाट पौडी प्रशिक्षकमा डिम्पलोमा गरेका छन् । यस्तै कार्कीले २०१४ मा भारतकै बैङ्गलोरबाट आस्का (अमेरिकन स्विमिङ्ग कोचेज एसोसियसन) लेभल थ्रि कोर्ष, २०१४ मानै दोहाबाट दोश्रो गोल्डेन कोचेज क्लिनिक कोर्ष र एलाईट कोचेज प्रशिक्षण लिएका छन् ।