सागरलाई स्वर्ण

Manoj Shiama
23 June, 2018 7:17 am

नेपाल प्रहरीका सागर यादवले ओलम्पिक डेका अवसरमा आयोजित पाँचौं राष्ट्रिय साम्बो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् ।नेपाल साम्बो महासंघको आयोजनामा खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको प्रतियोगिताको पुरुष ९० केजी फाइनलमा सागरले पोखराका सुदीप आचार्यलाई पराजित गरे ।
एकदिने प्रतियोगिताका विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच पुरस्कृत गरे ।