खेलाडी कोटा र इभेन्ट निर्धारण

Manoj Shiama
22 July, 2018 10:36 pm


दक्षिण एसियाली ओलम्पिक काउन्सिलको काठमाडौंमा बसेको चौथो बैठकले नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) समावेश विभिन्न २७ खेलका स्पर्धा र खेलाडी कोटा निर्धारण गरेको छ ।
नेपाल ओलम्पिक कमिटी एवं काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठले आइतबार पत्रकार सम्मेलनमा सोको जानकारी गराए । श्रेष्ठकै अध्यक्षतामा शनिबार नेपालसहित ६ राष्ट्रको सहभागितामा काउन्सिलको बैठक बसेको थियो । बैठकमा भुटान मात्र अनुपस्थिति रह्यो ।
बैठकले खेल संख्या पनि २७ पु¥याएको छ । सागमा समावेश हुने खेलहरुमा आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, साइक्लिङ, फेन्सिङ, फुटबल, गल्फ, ह्यान्डबल, जुडो, कबड्डी, कराते, खो खो, सुटिङ, स्क्वास, पौडी, टेबलटेनिस, तेक्वान्दो, टेनिस, ट्रायथलन, भलिबल (बिच भलिबलसहित), भारोत्तोलन, कुस्ती, उसु, क्रिकेट र पाराग्लाइडिङ रहेका छन् । क्रिकेट र पाराग्लाइडिङलाई चौथो बैठकले समावेश गर्ने निर्णय गरेको थियो । पाराग्लाइडिङ सागकै इतिहासमा पहिलो पटक समावेश गरिएको हो ।
बैठकले काउन्सिलको विधानलाई इन्डोनेसियामा हुने एसियाली खेलकुदका दौरान बैठक बसी संशोधन गर्ने निर्णाय पनि गरेको छ ।