गोजुरियो च्याम्पियनसीप असोजमा
Manoj Shiama
16 August, 2018 8:45 pm
आठौ राष्ट्रिय गोजुरियो कराते च्याम्पियनसीप काठमाडौंमा असोज ४ देखि ६ को विचमा हुने भएको छ । नेपाल गोजुरियो कराते संघका सचिव सानुबाबु गीरीले दिएको जानकारी प्रतियोगितामा ३२ स्पर्धा समाबेश गरिने छन् । सोही समयमा राष्ट्रिय रेफ्रि सेमिनार समेत हुने छ । प्रतियोगितामा २२ जिल्लाका टोली सहभागि हुने अनुमान गरिएको छ ।