स्पोर्टस् भ्वाईसको बिमोचन

Manoj Shiama
21 August, 2018 10:17 pm

खेलकुदमा भएको बिकृती विसंगतीलाई उजागर गर्दै खेलाडीहरुको प्रतिभालाई जनसमक्ष ल्याउने र खेलकुद विकासमा समर्पित गर्ने उद्धेश्यले स्पोर्टस् भ्वाईस खेलकुद मासिक पत्रिका जन समक्ष आएको छ । पत्रिका नेपाल पर्यटन खेलकुद संघ र नेपाल खेलाडी तथा प्रशिक्षक संघको संयुक्त प्रयासमा प्रकाशनमा आएको हो ।

त्रिपुरेश्वरस्थित डिईसीसीमा मंगलबार एक कार्यक्रमविच प्रमुख अतिथी संघिय संसदका साँसद दूर्गा पौडेल, राष्ट्रिय खेलकुद परिषदका निमित्त सदस्य सचिव बिनोद मैनाली, पूर्व साँसद एवं नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीव शाह, ओलम्पियन तथा पहिलो अन्तराष्ट्रिय पदकधारी जितबहादुर के.सी.लगायतले पत्रिकाको विमोचन गरे ।

पत्रिकामा खेलाडीहरु तथा खेलकर्मीहरुको अन्तरवार्ताका साथै खेल, पर्यटन, आर्थिक तथा स्वास्थ्य संग सम्वन्धित लेख रचनाहरुको समायोजन गरिएको छ ।

कार्यक्रममा उपस्थित प्रमुख अतिथी अतिथी लगायत सम्पूर्णले पत्रिकाको सफलताको कामना गर्दै खेलकुदमा देखिएको बिकृती विसंगतीलाई उजागर गर्दै खेलकुद क्षेत्रलाई अति मर्यादित र सम्मानित बनाउन सक्षम हुनेमा बिश्वस्त रहेको बताए । साथै खेलकुद क्षेत्रलाई राज्यको नजरमा पार्दै खेलकुदमा आमुल परिवर्तन गर्न पत्रिका सक्षम हुने बताए ।

पहिलो संस्करण भएकोले केहि कमि कमजोरी भएमा पनि आगामी दिनमा त्यसमा सुधार ल्याउँदै खेलकुदको कमी कमजोरीलाई जना समक्ष ल्याउने र पत्रिका मार्फत खेलकुदमा आमुल परिवर्तन ल्याउने उद्धेश्य रहेको प्रकाशकहरुले बताए ।