भिमसेनगोला स्कुलका खेलाडीलाई शहिद परिवारको सहयोग

Manoj Shiama
24 August, 2018 4:14 pm


भिमसेनगोला माध्यमिक विद्यालयमा अध्ययनरत कराते खेलाडी लगायत अतिरिक्त कृयाकलापमा संलग्न बालबालीकाका लागि शहिद परिवारका भिम चन्दले एक लाख रुपैया बराबरको भिम चन्द अतिरिक्त कृयाकलाप अक्षयकोष स्थापना गरेका छन् । उनले एक लाख बराबरको चेक विद्यालयका प्रधानाध्यामक गणेश राइलाई हस्तान्तरण गरे ।
कार्यक्रममा विद्यालयका कराते प्रशिक्षक कुशल श्रेष्ठ र कराते खेलाडी तारा गुरुङको पनि उपश्थिती थियो । सोही दिन बेल्ट प्रमोसन हुने खेलाडीको प्रमाणपत्र वितरण हुनुका साथै विद्यालयका खेलाडीका लागि १५ हजार रुपैया बराबरको किड्स प्रदान गरियो । सो किड्स प्रशिक्षक श्रेष्ठका साथै विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष राजेश जोशीलाई चन्दले हस्तान्तरण गरे । चन्द शहिद दरशथ चन्दका परिवारका सदस्य हुन् । कार्यक्रममा क्लबका उपाध्यक्ष लिलेश्वर प्रधान, कोशाध्यक्ष विनोद श्रेष्ठ, अर्चन भट्टराइ तथा तेक्वान्दो प्रशिक्षक तथा निर्णायक अर्जुन भक्त राइ लगायतको उपश्थिती थियो ।