आयोजक ढोरपाटन क्लब अष्ट्रेलियालाई उपाधि

Manoj Shiama
30 August, 2018 11:54 pm

ढोरपाटन कलब अष्ट्रेलियाले आयोजना गरेको प्रथम भलिबल प्रतियोगितामा आयोजक ढोरपारटन क्लबले उपाधि जितेको छ । उपाधि जित्ने क्रममा ढोरपाटनले फाइनलमा छन्त्याल परिवारलाई ३–० ले हरायो । प्रतियोगितामा ९ टोलीको सहभागिता थियो । समय अभावका कारण गोलकोट समाज र पोखरा भलिबल क्लब दुवैलाइ संयुक्त तेश्रो भएको मेनेजर राजकुमार श्रेष्ठले जनाए ।
खेलका मुख्य रेफ्रि दिपक अधिकारी थिए भने उनलाई चक्मान पुनले साथ दिएका थिए ।
अफीसीयल चिफ पुनले खेलका नियमका बारे धेरै परिवर्तन आइसकेको बताउदै राम्रो अफीसियल नुहदा खेलमा आउने समस्याका बारे बताए । उनले कम अफीसीयल भएका कारण अबका दिनमा यसमा ध्यान दिनु उपयुक्त भएको बताए । चक्मान पुन नेपालका राष्ट्रिय रेफ्री पनि हुन । यो अस्ट्रेलियामा रहेका

तस्बिर बायाबाट क्रमस ः उत्कृष्ट खेलाडी माधब पुन(ढोरपाटन), उत्कृष्ट लिबरो अर्जुन गुरुङ( पोखरा), उत्कृष्ट लिफट्र बिश्व घर्ती( ढोरपाटन),उत्कृष्ट स्पाइकर विनोद काउचा (छन्त्याल), उत्कृष्ट ब्लकर विवेक खुम्बु (ढोरपाटन)

नेपालीको माझमै ठुलो रासीको पुरस्कार

रहेको प्रतियोगिताको रुपमा चिनिन्छ । प्रतियोगिताको विजेताले २ हजार उपविजेताले १ हजार २ सय र तेश्रो हुनेलाई ५ सय डलर पुरस्कार पाए ।

पुरस्कार वितरण समारोह कलबका अध्यक्ष पासन गौचनको सभापतीत्वमा भएको थियो ।

यस समुदायले आयोजना गर्ने खेलमा टिम भित्रबाटनै रेफ्री र लाईन्समेन राखेर खेल खेलाईने गरिन्छ । रेफ्रीको करण आउने साना तिना बिबाद आउने गरे पनि सबै खेलाडीहरू अनुसासित रहन सके प्रबासमा कहिले काही आयोजना हुने भलिबलको बिकास र खेलको माध्यमले सबैबिच आपपसी एकता कायम रहने उपाध्यक्ष खेम पुर्जा ले जनाएका छन् । भबिस्यमा पनि यस्तै खेल आयोजना गरिदै जाने पनि कलबले जानकारी गराएको छ ।प्रथम पटक आयोजना गरेको खेलमा बिजयी भएको आयोजक टिम र छोटो समयमा पनि राम्रो खेल देखाउदै आएको उपबिजेता छन्त्याल परिवार लाई पनि आयोजक कमिटीले बधाइ दिएको छ । कार्यक्रममा एल्ड कर्पोरेट तथा मेलबोर्न डेमो एक्सपर्टका सञ्चालक दिपक शेरचन प्रमुख अतिथी थिए ।
यसैगरी, नियाट्सका सञ्चालक दिलिप पुन र दिपेन्द्र भण्डारीको साथमा गेट वे कल्सन्टेन्सीका सञ्चालक निराजन थापा अतिथि थिए


 

 

 

 

 

 

 

असिस फाइनान्स एन्ड होम लोनका सञ्चालक विष्णु हमाल पनि अतिथीको रुपमा उपश्थित थिए । प्रमुख अतिथी शेरचनले अनुशाषित र संयमतापूर्वक खेलमा सहभागि भएकोमा सबैलाई धन्यबाद दिए ।उनले विजयी टोलीलाई बधाइ दिदै सफल आयोजनका लागि आयोजनाका लागि आयोजकलाई पनि धन्यबाद दिए ।

मुख्य प्रायोजक रहेको एल्ड कर्पोेरेट नेपालीबाट सञ्चालीत ठूलो कम्पनी हो । यहाँ धेरै नेपालीले रोजगारी समेत पाएका छन् । यो सिड्नीमा रहेको छ । नियाट्सले भिषा सम्बन्धी काम गर्नुका साथै अदालती सहयोगको काम गर्छ । साथै भाषा अनुबादको काम समेत गर्छ । प्रतियोगिताका अर्को प्रायोजक सस्था विटीएसएमएचमा कर सम्बन्धी काम हुनुका साथै भिषाको काम पनि हुने गर्छ । यसैगरी, गेट वे कल्सन्टेन्सीले विद्यार्थीमा आइपर्ने सबै खाले समस्याको काम गर्छ भने पिआरको प्रक्रियाको काम पनि गर्ने गर्छ । असिस फाइनान्स एन्ड होम लोनले घर जग्गाको बेच विखन र सरल ऋण प्रबाहको काम गर्छ । इसीएल ग्लोबल कन्सन्टेन्सीले पनि विद्यार्थीको समस्यामा काम गर्ने तथा भिषा प्रक्रियाको काम गर्छ । यो सस्थाले सुरुवाती दिन देखि क्लबका कार्यका सहयोग गर्दै आइरहेको छ ।