मुन्नी सम्मानित
Manoj Shiama
31 October, 2018 6:23 am
बेलायतको ओर्चेस्टरमा भएको विश्व उमा कुङफु च्याम्पियनसिपकी स्वर्ण विजेता मुन्नी सुवेदी लामा तामाङ सम्मानित भएकी छन् ।गल्कोट समाज, युकेले आफ्नो दोश्रो वार्षिकोत्सवका अवसरमा ओर्चेस्टरमै आयोजना गरेको कार्यक्रममा मुन्नीलाई पदक जितेर राष्ट्रको पहिचान अभिबृद्धि गरेकोमा सम्मान गरेको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा तामाङले जनाएका छन् । प्रतियोगिता अक्टोबर ८ देखि ७ तारिखसम्म भएको थियो ।
बेलायतका लागि नेपालका राजदूत डा. दुर्गाबहादुर सुवेदी र गल्कोट समाजका अध्यक्ष राजु कँडेलले मुन्नीलाई सम्मान पत्र प्रदान गरी सम्मान गरे । मुन्नीले गत अगष्टमा जर्मनीमा भएको १२ औं विश्व मार्सल आर्ट्स च्याम्पियनसिपमा पनि कांस्य जितेकी थिइन् ।