बाल्टीमोरमा नेपाली मास्टरको रवाफ
Manoj Shiama
20 November, 2018 7:37 am


अवार्ड प्राप्त गर्न सफल एकडेमीका मास्टर कुमारले प्रतिस्पर्धात्मक समयमा पनि एक नेपालीले संचालन गर्दै आएको मार्शल आर्ट प्रशिक्षण केन्द्रले यसरी सर्वोकृष्टता प्राप्त गरेकोमा बाल्टिमोर मेरिल्याण्डवासी नेपालीहरुको मात्रै नभैइ सिंगै नेपाल र नेपालीहरुको शान बढेको प्रतिक्रिया ब्यक्त गरेका छन् । सम्पुर्ण एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दो परिवारलाई हामी सम्पुर्ण नेपाली परिवारजनहरुको तर्फबाट लाखौंलाख बधाई तथा उत्तोरत्तर उन्नति प्रगतिको लागी शुभकामना ब्यक्त गर्दै उनले आगामी दिनमा थप सफलताको अपेक्षा रहेको बताएका छन् । सन् २०१५ मा बाल्टीमोरमा स्थापीत यो एकेडेमीमा १४० प्रशिक्षार्थी छन् । नेपालमा समेत यो एकेडेमीको शाखा रहेका छन् । मास्टर कुमार र कल्पना यो एकेडेमीका प्रशिक्षक हुन् ।