सुनुवार उत्तीर्ण

Manoj Shiama
1 December, 2018 8:29 pm

जुडो युनियन अफ एसिया जेयुएको आयोजना भएको जेयुए काता सेमिनार तथा परीक्षामा नेपालका मोहन सुनुवार उत्तीर्ण भएका छन् । सेमिनार नोभेम्बर २७ देखि २९ तारिखसम्म हङकङमा भएको थियो ।
सुनुवार नागे नो काता र कातामे नो काता परीक्षामा उत्तीर्ण हुने नेपालकै पहिलो काता रेफ्री भएको नेपाल जुडो संघले जनाएको छ ।