तेक्वान्दो खेलाडी दिपक बिस्टबाट सन्याष

deepak retirement
चर्चीत तेक्वान्दो खेलाडी दिपक विस्टले खेलाडी जिवनबाट औपचारिक रुपमा सन्याषको घोषणा गरेका छन् । शनीबार उनल सार्वजनिक रुपमा दुइ दशक लामो खेलाडी जिवनको अन्त्य भएको घोषणा गरे । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलवहादुर थापाले दीपकलाई भोल्क्सवेगन कारको साँचो हस्तान्तरण गरे । कुशकुमार जोशी, महतो फाउन्डेसन, लेख भट्ट, सुीनल भुसाल, अमरबहादुर शाही, दीपक भट्ट, राजेन्द्र भट्ट, मेघ केसीले कार उपलब्ध गराउन सहयोग गरेको बताइएको छ । त्यसमा नेपाल सरकारले कर छुटको व्यवस्था मिलाइ दिएको हो । उनलाई राजधानीको हिमालय डेन्टल अस्पतालले आजीवन निःशुल्क उपचार सुविधा प्रदान गर्ने भएको छ ।
दुइ दशकअघि कैलालीमा गोबीन्द बिस्टसंग तेक्वान्दो सिकेका बिस्टले दुइ पटक ( सन् २००२ र सन् २००६) एसियाडमा काश्य पदक जित्नुका साथै आठौ देखि लगातार चार पटक ( सन् १९८, सन् २००३, २००५ र २००९ ) दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेर नेपाली खेलकुदमा कीर्तिमान कायम गरेका थिए  ।
नेपाली खेलकुदमा तेक्वान्दोले दिलाएको गौरवान्वीत योगदानमा पछिल्लो समय महत्वपूर्ण पाइला थप्ने काम दिपकले गरेका थिए । दिपकले साग खेलमा स्वर्ण पदकको कीर्तिमान कायम गर्नु  अघि बिधान लामाले ओलम्पिकमा काश्य पदक, सिता राइले बिश्व च्याम्पियनसीपमा काश्य पदक ,सबिता राजभण्डारीले एसियाडमा रजत पदक तथा संगीना बैद्यले एसियन च्याम्पियनसीपमा स्वर्ण पदक जितेर नेपाली तेक्वान्दोलाई माथिल्लो चुलीमा पुर्याएका थिए । त्यो उचाइमा एउटा पाइला बनेर दिपक उदाएका थिए ।
उनको जिवनमा थुप्रै आरोह अबरोह र संयोग पनि नदेखिएको होइन । ३० पटक भन्दा बढी हातखुट्टामा प्लास्टर गरिएको बताउने दिपक चार पटक अपरेसन पनि गरेका थिए । सन् २००३ को पाकिस्तान साफमा उनको गोडामा चोट लागे पछि थुप्रै समस्याको बाबजुद १० औ सागमा स्वर्ण पदक जितेका थिए ।
तेक्वान्दो स्टार आयषा शाक्यसंग प्रेम बिबाह गरेका दिपकले खेल जिवनलाई प्रभावित पर्ने सम्भावनाा कारण लामो समय गोप्य राखेका  थिए । आयशा र दिपक दुवैले ढाका सागमा स्वर्ण पदक जित्नुका साथै एसियाडममा पदक जितेका थिए ।  लामो समयको प्रेम सम्बन्धलाई उनीहरुले बिबाहमा परिणत गरेका थिए । सन्याषको क्रममा दिपकले सबै तेक्वान्दो प्रशिक्षक, तेक्वान्दो संघ, प्राबीधीक कमिटी, ओलम्पिक कमिटी, राखेप,सरकार  र उनलाई बिशेष सहयोग गर्ने भानु देउवालाइ धन्यबाद दिएका छन् । सन्याषको क्रममा उनले गगन थापा, रामेश्वर थापा, सुधीर शर्मा र प्रसान्त अर्याललाई धन्यबाद दिएका छन्  । उनले खेल जिवनमा पाएको सफलतामा उनले तेक्वान्दो प्रशिक्षकहरु दिपराज गुरु, लब गुरु, नन्दु गुरु र मिन गुरुको बिशेष यागदान रहेको बताए ।
त्यसो त दिपकको जिवनमा आरोह अबरोह नभएको होइन । जर्मनी बिश्वच्याम्पियनसीपको छनोटमा कोटेश्वर तेक्वान्दो डोजांगका उत्पादन निरञ्जन श्रेष्ठसंग पराजित दिपकले कोटेश्वरकै प्रमुख नबीन श्रेष्ठ प्रशिक्षकको रुपमा रहदा भियतनाममा भएको छनोट प्रतियोगितामा सफलता पाउदै बेइजिंग ओलम्पिकको बाटो तय गरेका थिए । उनले साग खेलमा तेस्रो स्वर्ण पदक जित्दा प्रशिक्षकको भुमिका निभाएका बद्री घिमिरे र उनी दुवै पछिल्लो एसियाडमा प्रशिक्षकको रुपमा रहेका थिए ।
विधान लामा र सिता राइले माथिल्लो उचाइमा पुर्याएको नेपाली तेक्वान्दोको जग नै अहिलेसम्म गर्व गर्ने प्रमुख आधार हो । संगीना बैद्य र सबिता राजभण्डारीको युग पछि नेपाली तेक्वान्दोको सर्वाधीक चर्चाका पात्र दिपक नै थिए । भलै तेक्वान्दो संघले बिधान, सिता र सबितालाई नेपाली खेलकुदको रोल मोडल बनाउन पर्याप्त पहल नगरेको होस, कमसेकम दिपकको सन्याषलाई बृहद भने बनायो । नेपाली तेक्वान्दोको साख गीरेको अबस्थामा पुरानो इतीहासमा फर्कन कठिन छ । तथापी नेपाली खेलकुदमा तेक्वान्दोले दिलाएको गौरवलाई अन्य खेलकुदले लामो समयसम्म पार गर्ने सम्भावना देखिदैन  । विधान लामाबाट सुरु भएको यो गर्व गर्न लायक दुइ दशक भन्दा लामो समयको तेक्वान्दो युगमा प्रत्यक्ष या परोक्ष थुप्रैको योगदान रह्यो । सायद दिपकको सन्याष त्यसै गौरवान्वीत  युगको औपचारिक अन्त्य हो । अनी अर्को रोलमोडलको आशमा तेक्वान्दो समुदाय पर्खेर बस्ने दिनको सुरुवात पनि ।

Comment