हिमरश्मी र सेब सेमीफाइनल खेल्ने

Manoj Shiama
31 January, 2015 10:28 pm

प्रथम ओपिएस  सेब जुनियर पुरुष अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको शनिबार भएको खेलमा हिमरश्मीले ग्रिनल्याण्ड चिल्ड्रेन एकेडेमीलाई ६–२ तथा सेब स्कुलले सृजना ज्ञानसागरलाई २४ –३ को अन्तरले पाखा लगाउँदै सेमीफाइनलमा प्रवेश गरेकाछन् । सेबका लाक्पा शेर्पाले १२ स्कोर गर्न सफल भए । यसैगरी अन्य खेलमा मन्जरीले ज्ञान मन्दिरलाई १८ —६ को अन्तरले जित हासिल ग¥यो । मन्जरीका रबी बलामीले ६ स्कोर गरे र एन्जल्स हार्टले पुष्पकुञ्जमाथी ३९ – १० को अन्तरमा जित हासिल ग¥यो । एन्जल्स हार्टका दिपेश छन्त्यालले १२ स्कोर गर्न सफल भए । सेब र हिम रश्मी , एन्जल्स हार्ट र मन्जरी सेमीफाइनलमा भिड्ने भएका छन् ।