पहिलो चरणमा एपीएफ पहिलो
दशौं ढोरपाटन ब्लू स्काई कप महिला डबल लिग भलिबल प्रतियोगितामा न्यूडायमण्ड एकेडेमीमाथि संघर्षपूर्ण जित निकाल्दै सशस्त्र प्रहरीको एपिएफ क्लब
शीर्ष स्थानमा रहदै दोस्रो चरणमा प्रवेश गरको छ ।काठमाडौंको बसपार्कमा आइतबार भएको पहिलो चरणको लिगको अन्तिमा खेलमा न्यू
डायमण्ड एकेडेमीमाथि ३–२ को कठिन जित निकाल्दै एपीएफ शीर्ष स्थानमा रहदै प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको हो । निकै नै प्रतिस्पर्धात्मक खेलको पहिलो सेट डायमण्डले १८–२५ ले जितेको थियो । दोस्रो २५–२० र तेस्रो २६–२४ ले गुमाएको न्यू डायमण्डले चौथो सेट २५–२० ले आफ्नो पक्षमा पा¥यो । तर अन्तिम सेटमा एपीएफले न्यू डायमण्डमाथि १५–१३ को संघर्षपूर्ण जित हात पार्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो ।
एपीएफकी उषा बिष्ट वुमन अफ दि म्याच चुनिइन । लिगको पहिलो चरणको समाप्तिसंगै एपीएफ २३ अंकका साथ शीर्ष स्थानमा छ । त्यस्तै न्यू डायमण्ड २२ अंकका साथ दोस्रो स्थानमा छ । यसअघि भएको खेलमा पश्चिमाञ्चललाई पराजित गर्दै नेपाल पुलिस क्लब १८ अंक सहित तेस्रो स्थानमा छ । पुलिसले पश्चिमाञ्चललाई १५–२५,२५–१४, २५–२३ र २५–१७ को सेटमा पराजित गरेको हो । खेलमा कोपिला
उप्रेती वुमन अफ दि म्याच चुनिइन । १५ अंक जोडेको पश्चिमाञ्चल चौथो स्थानमा छ । त्यस्तै चण्डेश्वरी १२, त्रिभुवन आर्मी ९ तथा ढोरपाटन ६ अंक
जोड्दै लिगको दोस्रो चरणमा प्रवेश गरेको छ । यसैगरी काभ्रे जिल्ला भलिबल संघ र नेपाल छन्त्याल युवा संघ प्रतियोगताबाट बाहिरिएको छ ।
प्रतियोगिताको दोस्रो चरणका खेलहरु मंगलबारदेखि सुरु हुनेछन ।