दोलखामा स्की खेलको प्रदर्शन

Manoj Shiama
10 January, 2019 12:28 pm

दोलखा जिल्लाको कालिन्चोक कुरिमा स्की खेलको प्रदर्शन भएको छ । स्की एण्ड स्नो बोर्डिंग फाउन्डेसनको आयोजनामा भएको सो प्रदर्शनमा दक्षिण एसियाली ओलम्पिक कमिटिका अध्यक्ष एबम नेपाल स्की संघका अध्यक्ष जीवनराम श्रेष्ठ ,उपाध्यक्ष माधव अर्याल ,महासचिव विजय श्रेष्ठ ,कोषाध्यक्ष जितेन्द्र श्रेष्ठ लगायत सहभागी रहेका थिए । दोलखा जिल्लाको धार्मिक पर्यटकीय क्षेत्र कालिन्चोकमा स्की खेलको सम्भावना पहिल्याउन उत्सव पाठक ,सुरज काफ्ले लगायत स्थानीय युवाहरुको सक्रियतामा सो प्रदर्शनको आयोजना गरिएको थियो । सो स्थानमा स्की गरि सके पछी सामाग्री तान्ने पुलिंग रोपको व्यवस्था गरिएको छ भने अन्य पूर्वाधारको विकासको पहल गर्ने प्रयास पनि भैरहेको आयोजकले जनाएको छ। नेपालका विभिन्न स्थानमा स्की खेलको सम्भावना खोज्ने क्रममा कालिन्चोकलाई पनि सम्भाव्य स्थानको रुपमा विकास गर्नका लागि सो प्रदर्शन आयोजना गरिएको संघले जनाएको छ।