सोम र अमन सम्मानित
Manoj Shiama
18 January, 2019 6:45 am

नेपाल बिलियर्ड, स्नुकर तथा पुल संघले आफ्ना पदक विजेता दुई खेलाडीलाई बिहीबार सम्मान गरेको छ । भारतमा भएको पाँचौं विनर खुला स्नुकर प्रतियोगिताका स्वर्ण विजेता सोम लामा र रजत जितेका अमन कार्कीलाई सम्मान गरिएको हो । न्यु फ्रेन्ड्स क्लब भुटिया नाम्चेको आयोजनामा जनवरी ५ देखि ९ तारिखसम्म भएको प्रतियोगितामा ६४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
संघका अध्यक्ष एवं स्नुकर पूर्व च्याम्पियन सरोजकुमार मुल्मी, स्नुकर संघकै पूर्व अध्यक्ष श्यामकृष्ण चित्रकारलगायतले उनीहरुलाई सम्मान पत्र प्रदान गरी सम्मान गरे ।