दीपक र रेगन छनोट
Manoj Shiama
28 March, 2019 9:41 pm

दीपक मगर र रेगन श्रेष्ठ (अंकित) प्रथम सार्क स्नुकर च्याम्पियनसिपका लागि बिहीबार छनोट भएका छन् । नेपाल बिलियर्ड, पुल तथा स्नुकर संघद्वारा आयोजित छनोटको समूह ‘ए’ बाट दीपक तथा समूह ‘बी’ बाट रेगन छनोट भएको संघका अध्यक्ष सरोजकुमार मुल्मीले जनाएका छन् । सार्क स्नुकर बंगलादेशको ढाकामा जुलाई २१ देखि २७ तारिखसम्म हुँदैछ ।