गोदावरीमा नेट च्याम्पियनसीप सुरु
Manoj Shiama
5 April, 2019 3:46 pm

गोदावरी ओपन नेट च्याम्पियनसीप अन्तरगत पहिलो दिन भएको पुरुष फुटबलको खेलमा आयोजक नमुना खेलकुद क्लबले नयाँ बाटो युथ क्लबलाई २–०ले पराजित गरेको छ । अर्को खेलमा पाटन गाइजले ललीतपुर फुटबल एकेडेमीले २–१ले हरायो । डाइमन्ड टाइम्स क्लबले बुद्धशान्ती क्लबलाई टाइब्रेकरमा २–१ले हरायो ।
महिला फुटबल अन्तरगत ललीतपुर फुटबल एकेडेमीले नमुना क्लब एलाई २–१ले तथा पद्मकन्या स्कुलले नमुना क्लबबीलाई ६–० ले हराएको आयोजक क्लबका अध्यक्ष डम्बर स्याङतानले जानकारी दिए । प्रतियोगिताको गोदावरी नगरपालीका वडा नम्बर ३का अध्यक्ष बालमुकुकन्द घिमिरेले उद्घाटन गरे । उद्घाटन समारोहमा वडा सदस्य तथा क्लब सल्लाहकार चिन लामाको उपश्थिती थियो ।