केएनपी महिला भलिबललाई मुक्तिनाथ बैंकको साथ

Manoj Shiama
7 April, 2019 5:38 pm


शेरवहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा संचालन हुने केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई मुत्तिनाथ विकास बैकले प्रायोजन गरेको छ । आईतवार बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्घयुमन पोखरेल र प्रतिष्ठानकी संरक्षक आमा गमली खड्काबीच सम्झौता–पत्र आदान–प्रदान भएको छ । मुत्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले नेपालको राष्ट्रिय खेल भलिबलसँग जोडिदा संस्था गौरम्वित भएको धारणा ब्यक्त गरे । मुक्तिनाथ विकास बैंकले प्रथम पुरस्कार रासी नगद २ लाख उपाधि बिजेता टिमलाई हस्तान्तरण गर्ने तथा आवाश्यक होेडिङ्ग बोड,तुल–ब्यानरकोे ब्यवस्थापन समेत मिलाउने सम्झौतामा उल्लेख छ । शेरवहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष रन्जन खड्काले नेपाली खेलकुदको बिकासमा कर्पोरेट सेक्टर महत्वपूर्ण भूमिका रहने धारणा ब्यक्त गरे ।
राष्ट्रिय खेलकुद परिषद्को बिशेष सहयोग तथा नेपाल भलिबल संघको प्राबिधिक सहयोगमो प्रतियोगितामा नेपालका चर्चित ६ टिमको सहभागिता रहने छ । लिगकम नकाउटका आधारमा संचालन हुने प्रतियोगिताका लागि साबिक बिजेता एपीएफ,उपबिजेता होङगाजी न्यु डायमण्ड,पुलिस,पश्चिमाञ्चल,आर्मी र जाउलाखेल भलिबल प्रशिक्षणको टिमले सहभागिता जनाउने छन् । जाउलाखखेल भलिबल प्रशिक्षण केन्द्रमा बैशाख १४ देखि १७ सम्म संचालन हुन प्रतियोगिताका बिजेताले २ लाख,उपबिजेताले १ लाख र तेश्रो हुनेले ५० हजार नगद प्राप्त गर्ने छन् । दरवारमार्क स्थित द रिगल इंकले उपाधि बिजेता टिमका सदस्यलाई ४ लाख ५६ हजार बराबरको १६ जोर सुटपिस उपलब्ध गराउने छ ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र शेरवहादुर खड्का स्पेशल अवार्ड बिजेताले जनही १५÷१५ हजार प्राप्त गर्ने छन् । बिद्यागततर्फ वेष्ट स्पाईकर, वेष्ट सेटर,बेष्ट ब्लक,बेष्ट डिफेन्स,बेष्ट क्विकर,बेष्ट सर्भर र बेष्ट कोचले जनहि ७ हजार नगद प्राप्त गर्ने छन् । पाँचौ संस्करणमा प्रतियोगिताको प्रत्येक खेलको वमन अफ द म्याचले नगद ५ हजार प्राप्त गर्ने छन् ।