ते¥र्हौ सागको बजेट सार्वजनिक

Manoj Shiama
16 June, 2019 10:12 pm


१३ औं साग बजेट निर्माण कार्यदलले १३ औं सागका लागि विविध बिषयमा अनुमानित पाँच अर्ब छब्बिस करोड सन्ताउन्न लाख बयालिस हजार छ सय सत्तरी रुपैया त्रिहत्तर पैसाको बजेट प्रस्तुत गरेको छ ।
उक्त बजेट बजेट निर्माण कार्यदलका संयोजक तथा १३ औं दक्षिण एशियाली खेलकुद तयारी तथा ब्यवस्थापन समितिका सदस्य राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले आईतबार युवा तथा खेलकुद मन्त्रालयमा भएको कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (बिश्वकर्मा) समक्ष प्रस्तुत गरे ।
कार्यदलले प्रस्तुत गरेको बजेटमा राष्ट्रिय टिम तयारी तर्फ ८८ करोड, १२ लाख, ६८ हजार १सय ५०रुपैया र खेलस्थल ब्यवस्थापन तर्फ ३ करोड ११ लाख रुपैया रहेको छ । प्राविधिक तर्फ ३० करोड, ४० लाख, ६९ हजार, ९ सय रुपैया बजेट रहेको छ भने श्रोत साधन परिचालन तर्फ २० लाख, सुरक्षा तर्फ ५० करोड, २६ लाख १ हजार ८सय ४०, र आवास ब्यवस्थापन तर्फ ४५ करोड ५२ लाख ८६ हजार रुपैया रहेको छ ।