नेपालको सानदार जित
Manoj Shiama
3 July, 2019 10:37 am

एसीसी अन्डर नाइन्टिन रिजनल क्रिकेटको बुधबार भएको खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको छ । टस हारेर पहिले व्याटिंग गरेको चीनले २३.१ ओभरमा ५३ रन बनायो । चीनलाई सस्तोमा समेट्ने क्रममा सागर ढकाल र तिलक राजभण्डारीले समान तीन तीन विकेट लिए । नेपाल पाच ओभरमा नै ५४ रनको लक्ष्य पुरा गर्न सफल भयो । नेपालका लागि पवन सर्राफले ४६ तथा रित गौतमले १० रन बनाए ।
मलेसियामा जारी प्रतियोगिताको समुह एमा नेपाल र चीन सहित सिंगापुर छ ।