चामुन्डा स्नुकर सुरु

Manoj Shiama
8 July, 2019 7:01 am

चामुन्डा स्पोर्ट्स क्लबको आयोजनामा प्रथम चामुन्डा अल नेपाल स्नुकर प्रतियोगिता आइतबारदेखि जोरपाटीमा सुरु भएको छ ।
प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले ७५ हजार र तेश्रो हुने दुई खेलाडीले समान ३०–३० हजार नगद पुरस्कार पाउने छन् । सेन्चुरी ब्ब्रेककर्तालाई ५० हजार, सर्वाधिक ब्रेककर्तालाई ३० हजार र उत्कृष्ट खेलाडीलाई १० हजार नगदबाट पुरस्कृत गरिने छ ।
पहिलो दिन सुदेन गिरीले सूर्यकुमार तामाङलाई ३–२, सन्तोष पुटवारले सुजन शाहीलाई ३–०, छोपेल शेर्पाले विक्की खड्गीलाई ३–१, सफिर राजकर्णिकारले रोशन विकलाई ३–१, नितेश खण्डवालले सोमन पाख्रिनलाई ३–०, विक्रम लामाले रकी यालानासलाई ३–१, रेन्जेन लामाले निरज एमएसलाई ३–०, दिपांकर तुलाधरले केशव केसीलाई ३–१, श्याम वाइबाले सुमेश लामालाई ३–२ तथा डब्लु आले तामाङले रमन महर्जनलाई ३–१ ले पराजित गरे ।
यसै विच, नेपाली स्नुकरले खेललाई व्यवस्थित र मर्यादीत बनाउन नया पहल गरेको छ । यसका लागि संघले उपलब्ध गराएको सदस्यता कार्ड बिना कसैलाई कुनै पनि खेलमा सहभागि हुन नपाउने भएको संघ अध्यक्ष सरोज मुल्मीले जानकारी दिए ।