नेपाल उपाधि नजिक

Manoj Shiama
9 July, 2019 7:12 am

नेपाल मलेसियामा जारी एसियाली क्रिकेट काउन्सिल (एसीसी) इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको सेमिफाइनलमा नेपालले मलेसियालाई सात विकेटले हराएको हो । टस हारेर पहिले ब्याटिङ गरेको मलेसिया ४०.५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ८७ रनमा सीमित भएको थियो ।

८८ रनको लक्ष्य नेपालले १५.५ ओभरमा तीन विकेटको लक्ष्यमा पुरा गरेको हो । नेपालका कप्तान रोहीत पौडेलले ३१ तथा भीम सार्कीले ३३ रन जोडे । यस अघि मलेसियालाई सस्तोमा समेट्ने क्रममा सागर ढकालले तीन तथा कुशल मल्लले दुई विकेट लिएका थिए ।

)?$/gm,"$1")],{type:"text/javascript"}))}catch(e){d="data:text/javascript;base64,"+btoa(t.replace(/^(?:)?$/gm,"$1"))}return d}-->