कराते खेलाडीलाई खेल सामग्री प्रदान
Manoj Shiama
30 July, 2019 11:37 am

कर्मा कन्स्ट्रक्सनले राष्ट्रिय टोलीको क्याम्पमा रहेका कराँते खेलाडीलाई खेल सामग्री प्रदान गरेको छ । कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक रवि मर्हजनले राष्ट्रिय टोलीमा रहेका खेलाडीका लागि ५० हजार बराबरको टिसर्ट प्रदान गरेका हुन् । रवि पुराना कराँते खेलाडी हुन् ।
आफू पूर्व खेलाडी भएका कारण खेलाडीको मनोबल गरेको यो प्रयास उपलब्धिमूलक रहने विश्वास सहित टिसर्ट प्रदान गरेको उनले बताए ।