१३ औं आहा रारा गोल्डकपमा झापाविरुद्ध थ्रीस्टारको जी
प्रेमनारायण न्यौपाने
पोखरा
बलियो प्रतिद्वन्द्वी झापा–११ लाई हराउँदै ए डिभजनको क्लब थ्रीस्टार क्लब पोखरामा जारी १३ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिता–२०७१ को सेमिफाइनलमा प्रवेश गरेको छ। मड्डलबार पोखरा रड्डशालामा भएको तेस्रो क्वाटरफाइनलमा झापा–११ लाई २–० ले हराउँदै तीनपटकको विजेता थ्रीस्टार पाँचौंपटक सेमिफाइनलमा प्रवेश गरेको हो। थ्रीस्टारको जीतमा विजय गुरुङ र सन्तोष साहुखलले एक–एक गोल गरेका थिए। पहिलो हाफमा १–० ले अगाडि रहेको थ्रीस्टारका लागि दोस्रो हाफमा सन्तोषले पेनाल्टीमा गोल गरेका थिए। उसले सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी पाँच पटकको उपाधि विजेता नेपाल पुलिस क्लबलाई पाएको छ।
शनिबार मात्र इलाममा सम्पन्न माइभ्याली गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी क्लबसँग सडन डेथमा हार बेहोरेर फर्किएको थ्रीस्टारले मड्डलबार झापा–११ लाई हराउन पनि कडा मेहनत गर्नुप¥यो। पहिलो २५ मिनेटसम्म खराब प्रदर्शन गरेको थ्रीस्टारले २८ मिनेटमा विजय गुरुङको गोलमार्फत अग्रता लिन सफल भयो।जगजीत श्रेष्ठको कर्नर प्रहारलाई झापाका गोलकिपर दिनेश थापामगरले पञ्च गरेर फालेपछि हुलमुलमा विपक्षी डिफेण्डरबाट प्राप्त बललाई अनमार्क रहेका उनले डिबक्सलाइनबाट पोस्टमा पावर भलि हानेका थिए। ३६ मिनेटमा करिब २१ यार्डबाट हानेको सन्तोष साहुखलको फ्रिकिक क्रसबारमाथिबाट गयो।४१ मिनेटमा झापाले बराबरी गोल गर्ने राम्रो प्रयास ग¥यो।कर्ण लिम्बुको पासमा विशाल राईले क्लोज रेन्जबाट सीधा पावर भलि हाने पनि थ्रीस्टारका गोलकिपर किरण चेम्जोङले एक हातले पञ्च गरेर विफल पारिदिए।
दोस्रो हाफमा चार मिनेटमै झापाले एउटा अवसर पाए पनि उपयोग गर्न असमर्थ रह्यो ।विजय गुरुङको मिसपासलाई सदुपयोग गर्दै विशाल राईले दिएको छोटो पासमा कर्ण लिम्बुको प्रहारले सेकेण्डबार रोज्यो।५१ मिनेटमा विपक्षी डिफेण्डर रबि थापामगरले चेस्ट कन्ट्रोल गर्न लाग्दा विजय गुरुङले खोसेर सिक्सयार्डभित्र छिराए पनि त्यसलाई डिलन लोक्तामले क्लियर गरेर तत्कालको लागि ठूलो संकट टारे।५२ मिनेटमा झापाका सुमिन मैनालीको लामो फ्रिकिकलाई थ्रीस्टारका निराजन खड्काले हेड क्लियर गरिदिए।६४ मिनेटमा विजयको पासमा सन्तोष साहुखलले डिबक्सभित्रबाट हानेको प्रहारलाई विपक्षी गोलकिपर दिनेशले पञ्च गरेर विफल पारिदिए।
६८ मिनेटमा थ्रीस्टारले पेनाल्टी पायो। झापाका डिलन लोक्तामले सन्तोष साहुखललाई डिबक्सभित्र लडाएपछि फिफा रेफ्री लव खत्रीले थ्रीस्टारलाई पेनाल्टी हान्ने अवसर दिए, जसलाई सन्तोषले कत्ति पनि गल्ती नगरी सजिलै गोलमा परिणत गरिदिए। त्यसपछि झापाको खेल खस्कएिको थियो । इन्जुरी समयसहित बाँकी २६ मिनेट झापाले विपक्षी पोस्टमा कुनै लोभलाग्दो प्रयास गर्न सकेन।
हारपछि झापाका प्रशिक्षक भागीरथ आलेमगरले मिडफिल्डले सोचेअनुरुप सपोर्ट गर्न नसकेको प्रतिक्रिया दिए। उनले डिफेण्डरले इजी लिँदा पहिलो गोल खाएको बताए। ‘सोचेअनुरुप खेल भएन, मिडफिल्डले फरवार्डलाई सपोर्ट गर्न सकेन, डिफेण्डरले इजी लिए’– उनको भनाइ थियो–‘पाएको केही अवसर सदुपयोग गर्न सकेनौं।’ उनले अधिकांश राष्ट्रिय खेलाडीले भरिएको थ्रीस्टारले आफ्नो अनुभव प्रदर्शन गरेको बताए।
जीतपछि थ्रीस्टारका प्रशिक्षक अञ्जन केसीले इलाममा पुलिसविरुद्ध सेमिफाइनल र आर्मीविरुद्ध फाइनल दुवै खेल टाइब्रेकर खेल्नुपर्दा थाकेका खेलाडीले राम्रो मेहनत गरेको बताए। इलाममा कन्टिन्यु दुई गेम १२० मिनेट खेलेर ट्राभल गरेर आउँदा खेलाडी टायर्ड थिए, फस्ट हाफमा खेल्न सकेनन्’ उनले भने–‘तर सेकेण्ड हाफमा सबै खेलाडी कमव्याक भए र जित्यौं।’ इलाममा सेमिफाइनलमा पुलिसलाई टाइब्रेकरमा हराएको भन्दै उनले पुलिस राम्रो टीम भएकोले ऊविरुद्धको सेमिफाइनल महत्वपूर्ण हुने दाबी गरे। सो खेलमा झापाका डिलन लोक्ताम र थ्रीस्टारका जगजीत श्रेष्ठले पहेलोकार्ड पाएका थिए।
हिमश्री फूड्स प्रालिको मुख्य प्रायोजनमा फागुन २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ टीमको सहभागिता रहेको छ। प्रतियोगितामा विजेता टीमलाई नगद तीन लाख एक हजार तथा उपविजता टीमलाई नगद दुई लाख एक हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। यस्तै उत्कृष्ट खेलाडीलाई टिभिएस मोटरसाइकल प्रदान गरिनेछ भने विधागत रूपमा उत्कृष्ट गोलकिपर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेण्डर र फेयर प्ले टीमलाई जनही १० हजार तथा हाइस्कोररलाई नगद १५ हजार पुरस्कार प्रदान गरिनेछ।
बुधबार मनाङमस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीच अन्तिम क्वाटरफाइनल खेल हुने प्रतियोगिता संयोजक हरिराम गुरुङले जानकारी दिए।