एसियन एमच्योर चेसको तयारी लगभग पुरा

Manoj Shiama
8 November, 2019 6:26 am

मदन भण्डारी मेमोरियल एसियन एमेच्योर चेस च्याम्पियनसिपको तयारी लगभग पुरा भएको छ । आयोजक संस्था मदन भण्डारी स्पोर्ट्स एकेडेमी र नेपाल बुद्धिचाल सङ्घले संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गर्दै यसको जानकारी दिएका हुन् । स्पोर्ट्स एकेडेमी र बुद्धिचाल सङ्घको संयुक्त आयोजना तथा काठमाडौँ महानगरपालिकाको सह आयोजनामा प्रतियोगिता ८ देखि १५ नोभेम्बरसम्म बुढानीलकण्ठको पार्क भिलेज रिसोर्टमा हुने छ ।
स्विस लिग प्रणालीमा नौ चरण सम्म हुने प्रतियोगितामा नेपाल सहित भारत,चिन, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान,मालदिभ्स,भुटान, मलेसिया,भियतनाम,फिलिपिन्स,काजकिस्तान,कीर्गीस रिपप्लीक, म्यानमार, इरान,हङकङ, र जापानका गरी १७ देशका १ सय खेलाडीले सहभागिता जनाउने छन् ।
१३ हजार ५ सय अमेरिकी डलर पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले क्यान्डीडेट मास्टर तथा महिला तर्फको विजेताले उमन क्यान्डीडेट मास्टरको उपाधि पाउने छन् । क्लासीकल तर्फ ३६ तथा ब्लीट्ज तर्फ ६ खेलाडीले पुरस्कार पाउने छन् । प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने छिन् ।