सागमा पदक जित्ने खेलाडीलाई रिलायन्सको सम्मान
Manoj Shiama
11 January, 2020 10:19 pm

बुढानीलकण्ठ ११ कपन स्थित रहेको रिलायन्स पब्लिक स्कुलले आफ्नो सप्ताहव्यापी खेल महोत्सव समापनको अवसर पारेर १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक जित्न सफल खेलाडीहरूलाई सम्मान प्रदान गरेको छ । विद्यालयमा आयोजित उक्त कार्यक्रममा सागमा कराँते तर्फ स्वर्ण जित्ने अनु अधिकारी, बास्केटबल मार्फत रजत जित्ने माया स्याङ्गतेन र ब्याडमिन्टन तर्फ कांस्य पदक जित्ने जेसिका गुरुङ गरी तिन जनलाई नगद सहित सम्मान गरेको हो ।