काठमाडौँ जिल्ला बक्सिङ सङ्घको विशेष साधारण सभाले नवीन तण्डुकारको अध्यक्षतामा ५ सदस्यीय जिल्ला कार्यसमिति शुक्रवार निर्विरोध चयन गरेको छ ।
उपाध्यक्षमा दीपक महर्जन, सचिवमा रमेश श्रेष्ठ र कोषाध्यक्षमा किशोर खत्री केसी रहेका छन् । केशव रञ्जित सदस्यमा चयन भए ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं नेपाल बक्सिङ सङ्घका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी प्रमुख अतिथि रहेको विशेष साधारण सभामा नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम वाले, काठमाडौँ जिल्ला खेलकुद विकास समितिका प्रतिनिधि सानु राजा केसी, नेपाल बक्सिङ सङ्घका सदस्य श्याम अवाले लगायतको उपस्थिति रहेको नेपाल बक्सिङ सङ्घले जनाएको छ ।
जिल्ला कार्यसमितिको पहिलो बैठकले ८ सदस्य मनोनयन गर्ने निर्णय पनि गरेको छ । राजकृष्ण महर्जन, सुरेन्द्र महर्जन, कवुना श्रेष्ठ, राजकुमार महर्जन, सुनिता महर्जन, नवराज केसी, कृष्ण महर्जन र उमेश रिजाल सदस्यमा मनोनीत भए ।