मध्यपुरलाई ली निङ्गको सहयोग
Manoj Shiama
18 February, 2020 6:50 pm

आगामी ११ फागुनबाट सुरु हुने बी डिभिजन लिग फुटबलमा मध्यपुर युथ एसोसिएसनलाई ली निङ्ग नेपालले प्रायोजन गर्ने भएको छ । मङ्गलवार आयोजित एक कार्यक्रममा ली निङ्ग नेपालका अध्यक्ष राजन महर्जनले मध्यपुरका अध्यक्ष उपेन्द्र मान सिंहलाई आफ्ना कम्पनीका उत्पादन प्रदान गरे ।
कार्यक्रममा बोल्दै मध्यपुरका अध्यक्ष सिंहले ली निङ्गको सहयोगले खेलाडीको मनोबल बढेको प्रतिक्रिया दिए । प्रायोजक कम्पनीका अध्यक्ष महर्जनले व्यवसायी सोचले मात्र नभई खेलकुदको विकासमा पनि सहयोग पुगोस् भन्ने सोचले अभिप्रेरित भएर प्रयोजन गरेको बताए ।

एक दशक अघि नै नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान उपेन्द्र मान सिंहको नेतृत्वमा स्थापित यस क्लबले लामो यात्रा तय गरिसकेको छ । ए डिभिजनको अनुभव बटुली सकेको यो क्लबका उत्पादन राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा छाइसकेका छन् ।
