सेन्चुरी कमर्सियल बैङ्क र रोयल कटेज बिच सम्झौता
Manoj Shiama
23 February, 2020 4:18 pm
सेन्चुरी कमर्सियल बैङ्क र बर्दघाट, नवलपरासी स्थित रोयल कटेज बिच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धी सम्झौता भएको छ । बैङ्कले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरूलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ । सम्झौता अनुसार बैङ्कको क्रेडिट र डेबिट कार्ड ग्राहकहरूले रोयल कटेजको सेवा सुविधामा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।
उक्त सम्झौता पत्रमा बैङ्कका बेलाटारी शाखा प्रबन्धक रोशन ढकाल र रोयल कटेजका प्रोप्राइटर ध्रुव भट्टराईले हस्ताक्षर गरे।
