उल्टो हिडेर अष्ट्रेलियाको सर्वोच्च शिखर आरोहण गर्ने संजयको घोषणा

Manoj Shiama
25 September, 2014 10:17 pm

लामो दुरीका अल्ट्रा म्याराथुन धावक एवम् अन्तराष्ट्रिय किर्तिमानी पर्वतारोही संजय पण्डितले अष्ट्रेलिया महादेशको सर्वोच्च शिखर माउण्ट कोसियोज्को ब्याक फुट अर्थात उल्टो हिडेर आरोहण गर्ने घोषणा गरेका छन् । सिंह दरवारमा आयोजित राष्ट्रिय झण्डा हस्तान्त्रण कार्यक्रममा उनले यो घोषणा गरेका हुन् । उनलाई अर्थमन्त्री डा. रामशरण महत, सभासद हिरा वहादुर के.सी. तथा पूर्व सभासद मुक्ति प्रसाद शर्मा पण्डितले शुभकामना दिएका थिए । सातै महादेशका सातै उच्च शिखर आरोहण गर्ने अन्तिम शिलसिलामा रहेका पण्डितले यस अघि एसियाको सर्वोच्च शिखर सगरमाथा, अफ्रिकाको उच्च शिखर माउण्ट किलिमाञ्जरो तथा युरोपको उच्च शिखर माउण्ट एलब्रुसमा सफलता पूर्वक आरोहण सम्पन्न गरिसकेका छन् । दक्षिण एसियावाट सबै भन्दा कम समयमा माउण्ट किलिमञ्जरो आरोहण गर्ने, तथा युरोपको अत्यान्त चिसो एलब्रुसको टाकुरामा अर्ध नाङ्गिएर अन्तराष्ट्रिय किर्तिमान बनाई सकेका धावक आरोही पण्डितले अष्ट्रेलियाको उच्च शिखरमा उल्टो हिडेर सफलता प्राप्त गर्ने कुरामा आफु विश्वस्त रहेको अर्थमन्त्री डा. महतले बताए । साथै सरकारले उनको आरोहणमा पूर्ण रुपमा सहयोग गर्ने आश्वासन पनि दिए ।