सेन्चुरी कमर्सियल बैङ्क र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता
Manoj Shiama
17 March, 2020 4:14 pm

सेन्चुरी कमर्सियल बैङ्क र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी बिच सम्झौता भएको छ । बैङ्कले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहक,कार्यसमिति सदस्य,बैंककाकर्मचारी तथा उनका परिवारहरूलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ । सम्झौता अनुसार बैङ्कको क्रेडिट र डेबिट कार्ड ग्राहक, कार्यसमिति सदस्य, बैङ्कका कर्मचारी तथा उनका परिवारहरूले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको सेवा सुविधामा १०प्रतिशतसम्म छुट पाउने छन् ।
उक्त सम्झौता पत्रमा बैङ्कका प्रबन्धक – कार्डस र ट्रान्जेक्सन बैङ्किङ युनेस पुरी र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका निर्देशक सेल्स एन्ड मार्केटिङ प्रोप्राइटर प्रभाकर खड्काले हस्ताक्षर गरे ।