भलिबल सङ्घका उपाध्यक्ष सुवेदीद्वारा खेल सामाग्री प्रदान, खेल प्रेमी उत्साहित

Manoj Shiama
22 November, 2020 7:13 pm
नेपाल भलिबल सङ्घका केन्द्रीय उपाध्यक्ष कुमारराज सुवेदीले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ स्थित फाइभ स्टार क्लबलाई भलिबल, नेट लगायतका खेल सामाग्री प्रदान गरेका छन् । शनिवार आयोजित एक कार्यक्रमबिच सुवेदीले फाइभ स्टार क्लबका अध्यक्ष किरण केसीलाई खेल सामाग्रीहरू प्रदान गरेका हुन् । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल, शहीद पार्क वन उपभोक्ता समूहका अध्यक्ष सुदर्शन सिग्देल, फाइभ स्टार क्लबका अध्यक्ष किरण केसी, वडा सदस्य जयराम महत लगायतका वक्ताहरूले सुवेदीको सहयोगले भलिबल प्रेमीहरूमा ठुलो उत्साह थपेको बताए । भलिबल खेलको रुचि तथा विकासमा लाग्ने जो कोहीलाई आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता सुवेदीले व्यक्त गरे । भलिबल सङ्घका केन्द्रीय उपाध्यक्ष सुवेदी लायन्स क्लब इन्टरनेशनलका पूर्व डिस्ट्रिक्ट गभर्नर समेत हुन् । सुवेदी राजनीति सहित समाजसेवा, मानवअधिकार संरक्षण, शिक्षा तथा साहित्य क्षेत्रमा पनि दुई दशक अघि देखि निरन्तर क्रियाशील छन् ।