साइपाल र मोर्गन फाइनलमा

hisan monday
साइपाल एकेडेमी र मोर्गन इन्टरनेसनल कलेज दोश्रो हिसान राष्ट्रिय खेलकुदको गल्र्स बास्केटबलतर्फ सोमबार फाइनलमाप्रवेश गरेकाछन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को ओलम्पियन सेमीकभर्डहलमा भएको सेमिफाइनलमा साइपालले हिम्सलाई ३३–१२ ले पराजित ग¥यो । साइपालकी स्वेता खरेलले १२ अंकजोडिन् । अर्को सेमिफाइनलमा मोर्गनले जेभियर इन्टरनेसनल कलेजलाई ३१–२० ले हरायो । मोर्गनकी विष्णु मगरले ६ स्कोर गरिन् ।
ब्वाइजतर्फ क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) र प्राइम कलेज उपाधिका लागि भिड्ने भएका छन् ।
सीसीआरसीले मोर्गनलाई ७०–५९ ले पाखा लगायो । सीसीआरसीको जितमा अनिश मगरले २१ अंक योगदान गरे । निश्चल महर्जनको ९ अंक सहयोगमा प्राइमले जेभियरको चुनौती २७–२३ ले समाप्त पा¥यो । फाइनल मंगलबार हुनेछ ।

Comment