उद्योग मन्त्री बस्नेत सम्मानित

Manoj Shiama
27 September, 2014 8:40 pm

mahesh basnet sammanनवयुनिुक्त उद्योग मन्त्री महेश बस्नेत शुक्रबार सम्मानित भएका छन् । दसैलगायत विभिन्न चाड पर्वको अवसरमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को हातामा राष्ट्रिय प्रशिक्षक र खेलाडीहरुले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा मन्त्री बस्नेतलाई सम्मान गरिएको हो ।
कार्यक्रममा भोटेबहाल तेक्वान्दो डोजांगकम प्रमुख तथा संयोजक मनोज खड्गी सहित प्रशिक्षक महेश रन्जित, सन्तोष श्रेष्ठ, काठमाडौं जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख लीलाराम बस्नेतल, खेलाडी मन्डेकाजी श्रेष्ठलगायतले मन्त्री बस्नेतलाई सम्मान पत्र प्रदान गरे । त्यस अवसरमा मन्त्री बस्नेतले स्वदेश उत्पादनलाई सबैले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।