नेपाली रग्वी अब अन्तराष्ट्रिय प्रतियोगितामा

Manoj Shiama
25 February, 2015 9:32 pm

2(3)edited
नेपाल रग्वी संघले पहिलो पटक २० सदस्यीय राष्ट्रिय रग्वी टोली (पुरुष) को घोषण गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को दशरथ समिक्षालयमा बुधबार पत्रकार सम्मेलन गरी संघले टोलीको औपचारिक घोषणा गरेको हो ।
घोषित टोलीमा नवीन गिरी, रविन भुजेल, कृष्ण क्षेत्री, कृष्णप्रसाद धमला, विनोद तामाङ, थमन भुसाल, विराट ऐडी, सन्जित ढुंगाना, उज्जल बडाल, निर्मल लामा, आभाष घर्ती मगर, विराट श्रेष्ठ, अर्जुन श्रेष्ठ, आनन्द सागर, श्रीराम श्रेष्ठ, रेशम तामाङ, गजेन्द्र राना, गणेश भण्डारी, प्रेमबहादुर कोइराला र लभज पुरी रहेका छन् । पछि यो टोलीलाई १२ मा झारिने संघका महासचिव चेतनराज गिरीले जानकारी गराए ।
अर्को टोली घोषणा नभएसम्म यहि टोलीले भारतको चेन्नईमा मार्चमा ७ र ८ तारिखमा हुने ओलम्पिक प्रि–क्लालिफाइङमा भाग लिनुका साथै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाउने अध्यक्ष टंकलाल घिसिङले बताए ।
माघ १७ गते दशरथ रंगशालामा भएको प्रथम राष्ट्रिय रग्वी सेभेन ए साइड प्रतियोगिताबाट खेलाडीको छनोट गरिएको संघले जनाएको छ । त्यो प्रतियोगिता पनि नेपालमा भएको पहिलो राष्ट्रिय रग्वी प्रतियोगिता हो । टोलीले सात र आठ मार्चमा भारतको चेन्नाइमा हुने ओलम्पिक प्री क्वालीफाइंग खेल खेल खेल्ने छ । प्रतियोगितामा नेपालले भारत, अफगानीस्तान, बंगलादेश र संयुक्त अरब इमिरेट्सका््े सहभागिता रहने छ ।
सोही पत्रकार सम्मेलनमा चार प्रशिक्षकको नाम पनि सार्वजनिक गरियो । प्रशिक्षकहरुमा गोपाल क्षेत्री, गोविन्द घिमिरे, टंकराज गिरी र हरिबहादुर तामाङ छन् । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का कोशाध्यक्ष इन्द्र बहादुर थिङ्गले शुभकामना ब्यक्त गरे ।