विभिन्न कार्यक्रमका साथ सेन्चुरी बैङ्कको दसौँ वार्षिकोत्सव सम्पन्न 

Manoj Shiama
10 March, 2021 10:17 pm
सेन्चुरी कमर्सियल बैङ्क लिमिटेडले आफ्नो दसौँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । दसौँ वार्षिकोत्सवका अवसरमा बैङ्कको केन्द्रीय कार्यालय पुतलीसडकमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै बैङ्कका अध्यक्ष  राजेश कुमार श्रेष्ठले १० वर्ष अघि सरल बैंकिङ्ग सबैका लागि भन्ने नाराका साथ स्थापित सेन्चुरी बैङ्क ठुलो र मजबुत बैङ्कका रूपमा अघि बढिरहेको उल्लेख गर्दै बैङ्कले दोहोरो अङ्कको वृद्धि गरी शेयर धनीलाई उच्च प्रतिफल, बैङ्कमा संस्थागत सुशासन कायम राख्ने र कर्मचारी, नियमनकारी निकाय लगायत सबै सरोकारवालाहरूको रोजाइको बैङ्क बनाउने प्रतिबद्धता व्यक्त गरे ।
 समारोहमा बैङ्कका सञ्चालकहरू सुनिल कुमार न्यौपाने, मनबहादुर राई र प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले शुभकामना सहित मन्तव्य राखेका थिए। सो कार्यक्रममा दश वर्षदेखि निरन्तर सेवा प्रदान गरी बैङ्कको समग्र विकासमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै बैङ्कका ५४ जना कर्मचारीहरूलाई सम्मान स्वरूप कदर पत्र प्रदान गरियो ।
दसौँ वार्षिकोत्सवको अवसरमा बैङ्कका अध्यक्ष राजेश कुमार श्रेष्ठले काठमाडौँको गौरी घाट र बालाजु शाखा अनलाइनमार्फत औपचारिक रूपमा उद्घाटन गरे । आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा सहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेन्चुरी कमर्सियल बैङ्कले आफ्ना १२२ शाखा १० एक्सटेन्सन काउन्टर, २३ शाखारहित बैंकिङ्ग र ८८ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । बैङ्कको चुक्तापूँजी ९ अर्ब ३ करोड रहेको छ भने ८७ अर्ब ७० करोड निक्षेप परिचालन गरी ७३ अर्ब ८८ करोड ऋण प्रवाह गर्न सक्षम भएको छ ।
बैङ्कको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिर्तामोड शाखाले नेपाल रेडक्रस सोसाइटी झापासँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम ७५ जनाले रक्तदान गरेका थिए । बैङ्कले वानेश्वर शाखामार्फत निःसहाय सेवा केन्द्र मिनभवन  काठमाडौँ र बनेपा धुलिखेल शाखा मार्फत उज्यालो महिला समाज बनेपालाई एकाएक थान डेक्सटप कम्प्युटर हस्तान्तरण गरेको छ । त्यसै गरी सुर्खेत शाखाले पाटन दरबार सुर्खेतमा मेटल स्टयाण्ड सहितको डस्टविन वितरण, दैलेख शाखाले सरस्वती वृद्धाश्रम दैलेखमा मेटल स्टयाण्ड सहितको डस्टविन वितरण गरेको छ । चोर मारा शाखाले जनता माध्यमिक विद्यालय मध्य विन्दुका विद्यार्थीको सहज पठनपाठनका लागि ३५ वटा कुर्सी वितरण, विराटनगर शाखाले रात्रि निम्न माध्यमिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, झुम्का शाखा मार्फत श्री पशुपति माध्यमिक विद्यालय राम धुनी सुनसरीमा ८ देखि १० कक्षा सम्म अध्ययनरत विद्यार्थीलाई वित्तीय साक्षरता तथा विद्यालयमा खानेपानी व्यवस्थापनमा सहयोग प्रदान गरेको छ । टिकापुर शाखाले स्थानीय ऐतिहासिक शिव मन्दिर सरसफाइ तथा रङ रोगन कार्य सम्पन्न गरेको छ ।