रुपामा खेलकर्मी सम्मानित
तेक्वान्दो प्रशिक्षक तथा रेफ्रि रमिला खत्री रुपा गाउँपालिकाबाट सम्मानित भएकी छिन् । उनी १५ हजार १ सय १ रुपैयाँ सहित सम्मानित भएकी हुन् । धेरै विधाका व्यक्तित्व सम्मानित कार्यक्रममा खेलकर्मी चन्द्र बहादुर गुरुङ,सुवास खड्का, सुनिल राना मगर र दिपेस आले पनि सम्मानित भए ।
सिचाइ ऊर्जा तथा जलश्रोत मन्त्री टोप बहादुर रायमाझीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य दीपक कोइराला,कृष्ण थापा र गाउँपालिका अध्यक्ष नवराज ओझा लगायतको उपस्थिति थियो ।
सम्मानित रमिलाबाट प्रशिक्षित लैनचौर तेक्वान्दो डोजाङका खेलाडी उमेर समूहमा राष्ट्रिय स्तरमै अब्बल खेलाडीको रूपमा रहेका छन् ।