विशाल राई धनगढीमा
नेपालमै पहिलो पटक सुरु हुन लागेको नेपाल सुपर लिग (एनएसएल)मा सहभागी हुने ७ टोलीमध्ये धनगढी फुटबल क्लबले ‘मार्की प्लेयर’मा विशाल राईलाई अनुबन्ध गरेको छ ।
सुपर लिग टिमले एक ‘मार्की खेलाडी’ राख्न पाउने प्रावधान अनुसार धनगढीले राष्ट्रिय टिमका मिडफिल्डर विशाल राईलाई आज अनुबन्ध गरेको हो ।
टिमको लागि अरू खेलाडी र प्रशिक्षक पनि अनुबन्धको प्रक्रिया अगाडि बढिसकेको क्लबले जनाएको छ।
‘उनको अगुवाइमा धनगढी एफसीले सुपर लिगमा उत्कृष्ट प्रदर्शनसँगै राम्रो नतिजा हात पार्नेमा विश्वस्त छौँ’, क्लबले भनेको छ, ‘हामीले धनगढी एफसीलाई सुदूरपश्चिम प्रदेशको प्रतिनिधिको रूपमा लिएका छौँ। सुपर लिग हाम्रो सुरुआत हो र यसको एक अङ्गको रूपमा हामी देशभरका फुटबल प्रेमीलाई खुसी बनाउने प्रयास गर्दै आफ्नो क्षेत्रमा फुटबल विकासको आधार पनि तय गर्ने कोसिस गर्नेछौँ।’