धनगढी एफसीमा तोपे
धनगढी एफसीले प्रशिक्षकको रूपमा नाइजेरियाली नागरिक तोपे अयोडेजीफुजालाई अनुबन्ध गरेको छ । उनकै अगुवाइमा मनाङमस्र्याङदीक्लबले २०७५ सालको सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको थियो, जुन शीर्ष श्रेणीको लिगमा मनाङको कीर्तिमानी आठौँ उपाधि थियो ।
सन् २००५ मा मलेसियाको सवाह एफसीमा सहायक प्रशिक्षकको रूपमा कोचिङ करिअर सुरु गरेका फुजाले नेपालको ए डिभिजन लिग डेब्यू मच्छिन्द्र क्लब (२००६) बाट गरेका थिए । त्यसपछि भारतमा व्यस्त रहेका उनले सिमला योङ, मुम्बई युनाइटेढ, पियरलेस, हिन्दुस्तान एफसी, टलिगन्ज अग्रगामी, मोहम्मडन स्पोटिङ र चेन्नाई एफसीको टिम सम्हालेका थिए । उनी मनाङको जिम्मेवारीमा नेपाल फर्किएका थिए । गत वर्ष २०७६ मा पनि मनाङमै रहेका थिए, जुन सिजन मनाङ लिगमा तेस्रो भएको थियो ।
एक ‘मार्की खेलाडी’ राख्न पाउने प्रावधानअनुसार हामीले राष्ट्रिय टिमका मिडफिल्डर विशाल राईलाई आइतबार क्लबले अनुबन्ध गरिसकेको छ । उच्चस्तरका विदेशी खेलाडी अनुबन्धको प्रक्रिया पनि अगाडि बढिसकेको क्लबले जनाएको छ । टिमको लागि अरू खेलाडी शुक्रवार हुने अक्सनबाट लिने क्लबले जनाएको छ ।
धनगढी एफसीलाई सुदूरपश्चिम प्रदेशको प्रतिनिधिको रूपमा लिएको सो क्लबले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।