पारा तेक्वान्दो खेलाडीलाई खेल सामाग्री
नेपाल राष्ट्रिय पारा तेक्वान्दो टोलीका पूर्व प्रशिक्षक कल्याण कुँवरले तेक्वान्दो खेलाडीलाई खेल सामाग्री प्रदान गरेका छन् ।
सातदोबाटोस्थित नेपाल तेक्वान्दो सङ्घमा बिहीबार आयोजित एक कार्यक्रमका बिच तीन जना खेलाडीलाई खेल सामाग्री प्रदान गरिएको हो । दुई खेलाडी मनीषा वाइबा र विशाल गर्बुजालाई दोबक, सिन गार्ड र ह्यान्ड गार्ड प्रदान गरिएको थियो । नेपाली राष्ट्रिय तेक्वान्दो टोलीका पूर्व सदस्य रञ्जन श्रेष्ठले पाराका दुई खेलाडी र जुनियर राष्ट्रिय खेलाडी श्रृष्टि सन्दासलाई कुँवरको तर्पmबाट खेल सामाग्री हस्तान्तरण गरेका थिए । विशाल आगामी जेठ २ गते जोर्डन आयोजना हुने पारा ओलम्पिकको छनोट खेल र वैशाख ७ मा लेबनानमा हुने एसियन गेमका लागि तयारी गरिरहेका छन् ।
विशाल के–४४ विधाअन्तर्गत ६१ केजी तौल समूह र मनीषा के–४२ विधाका खेलाडी हुन् । हाल क्यानडामा रहेका कुँवर त्यहाँको मिसासागा तेक्वान्दो एकेडेमीमा प्रशिक्षण गराइरहेका छन् ।